सुप्रीम कोर्टकाे फसेलाले सिक्किमे जनताको मनमा आहत पुगेको छ- सिगोजासं

5ttt-3

नाम्ची: सिक्किम गोर्खा जागरण संघ (सिगोजासं) ले सिक्किमका ओल्ड सेटर्ल्सले दर्ता गरेको एउटा याचिकामा सुप्रीम कोर्टले सिक्किमे नेपालीहरूलाई विदेशी बताउँदै मुद्दाको फसेला सुनाएपछि सिक्किमे भोटे, लेप्चा र नेपालीको मनमा आहत पुगेको बताएको छ। यस फसेलाले सिक्किमे परिभाषाभित्र पर्ने माटोका ‘मालिकहरूको भाग्य र भविष्यमाथि पनि ठूलो प्रश्न चिन्ह कोरिदिएको संघले आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

सिक्किम गोर्खा जागरण संघले सिक्किममाथि आइपरेको यो महासङ्कटलाई धैर्यताको साथ सामना गर्ने र कसैको गुण र दोषलाई केलाउनु भन्दा सिक्किमे एकताको प्रदर्शन गर्ने समय रहेको बताएको छ। राज्य सरकार र केन्द्र सरकार दुवैले सर्वोच्च अदालतबाट भएको यो गलत निर्णयलाई सच्याउने दिशामा जुन पहल गरिरहेको जानकारी आइरहेको छ, त्यसमिथ विश्वास गर्न संघले सिक्किमेली नागरिकहरूलाई अपील पनि गरेको छ।

संघले सिक्किमेली सन्तानलाई अब पनि कुठाराघात भएको खण्डमा पूर्ण तयारीका साथ समस्त सिक्किमेको हक, हित र सुरक्षाको निम्ति मैदानमा आउने जनाएको छ। सिक्किम गोर्खा जागरण संघ सिक्किमेली राजनीतिको एउटा ठोस ऐतिहासिक घडीमा गठन भएको गैर राजनीतिक संस्था रहेको र यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै सिक्किमेहरूको हक, अधिकार, सुरक्षा, एकताको पक्षमा आवाज उठाउँदै आइरहेको पनि विज्ञप्तिमा बताइएको छा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement