पाकिमः धर्म विभाग मन्त्री सोनाम लामाले आज पाचे बौद्ध गुम्पा परिसरको एक्सटेन्शन उद्घाटन गरे। उद्घाटन समारोहमा कृषि विभागका आएसडी पीके सुब्बा, जिल्लापाल टाशी छोपेल, एडीसी, एसडीएम, बीडीओ, पाचे बौद्ध गुम्पा कमिटीका अध्वक्ष, पञ्चायत सदस्पहरू आदि उपस्थित थिए।
उद्घाटन समारोहमा बोल्दै मन्त्री लामाले कमिटीका सदस्पहरूलाई बधाई दिए। उनले गुम्पाको अझ विकासमा पूर्ण सहयोग गर्ने आश्वासन दिए। उनले सांस्कृतिक र धार्मिक सद्भावका साथै पवित्र स्थलहरूको पवित्रता कायम राख्न आह्वान गरे। पाचे बौद्ध गुम्पाको स्थापना वर्ष १९९३ मा भएको थियो।