३९औँ जलपाईगढी जिल्ला वार्षिक खेलकूद प्रतियोगिता सम्पन्न

5ttt

राजगञ्ज: बेलाकोवामा ३९औँ जलपाईगढी जिल्ला वार्षिक खेलकूद प्रतियोगिताको आयोजना गरियो। राजगञ्ज ब्लकको बेलाकोवा हाई स्कुलको मैदानमा दुईदिने खेलकूद प्रतियोगिताको आयोजना गरिएको छ। राष्ट्रिय झण्डा उत्तोलन गर्न साथै दीप प्रज्वलन गरेर खेलकूद प्रतियोगिताको शुरूआत गरियो। जलपाईगढी जिल्लाको नगरकट्टा, मालबजार, मैनागढी, धुपगढी, जलपाईगढी सदर, राजगञ्ज लगायत १९ वटा सर्कलको प्राथमिक तथा निम्न प्राथमिक विद्यालय, मदरसा तथा शिशु शिक्षा केन्द्रका विद्यार्थीहरू लगायत दिव्याङ्ग विद्यार्थीहरूले उक्त खेलकूद प्रतियोगितामा अंश ग्रहण गरेका छन्‌। उक्त खेलकूद प्रतियोगितामा लगभग ३४ वटा प्रतियोगिता हुनेछ। खेलकूद प्रतियोगितामा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, एडीएम अश्चिनी कुमार राय, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय लगायत सबै सर्कलका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement