टोटो चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ

653f1920-efdd-4222-bc59-c634250bd9c4


कालचिनीः दिउँसै कालचिनी टोटो स्ट्याण्डबाट एउटा टोटो वाहन नकली चाबीले खोलेर चोरी गर्न खोजिएको आरोपमा पुलिसले उक्त आरोपीलाई पक्राउ गरेको छ। घटना हो मंगलाबार अपराह्न प्रायः २.३० बजीको। एकजना नशामा रहेको युवक डिमा २२ नम्बर क्षेत्र बासिन्दा विभिषण मुण्डा उमेर प्रायः २१ ले कालचिनी रांगामाटी रोडको स्ट्याण्डमा राखेको टोटो चुपचाप लिएर भाग्न खोजेको थियो तर टोटो र चोरी गर्ने युवकलाई कालचिनी चौपतिमा नै समात्न सफल भएको थियो।
उत्तेजित मानिसहरूले उक्त युवकलाई चौपतिमा हातखुट्टा बाँधेर राखेको थियो भने यसको जानकारी कालचिनी थानालाई दिएपछि कालचिनी थानाको पुलिसबल पुगेर उक्त युवकलाई पक्राउ गरेर लगेको थियो। यता पुलिस सुत्रले उक्त युवकबाट एउटा मोबाइल र गोजीबाट गाँजा बरामद गरीएको बताएका छन भने घटनाको छानबीन शुरू भएको जनाएका छन्। अर्कोतिर टोटो मालिक बुधराम उराउँले आफूले चाबी लक गरेर राखेको ठाउँबाट टोटो गायब हुँदा छाँगोबाट झरे सरह भएको तर भाग्यवश टोटोलाई कालचिनी चौपतिमा नै भेटाइन्दा ढुक्क लागेको जनाएका छन्।

About Author

Advertisement