पहिलो गोर्खे चेली महिला फूटबल शुरुः सोरेंग एफसी विजयी

photocollage_202327184439440.jpg

७ फरवरीः खरसाङ फुटबल एसोसिएसन (केएफए)-को आयोजनमा पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फुटबल प्रतियोगिता आजदेखि शुरु भयो। मंगलवार चानमारी खेल मैदानमा खेलिएको उद्घाटन म्याचमा सिक्किमको सोरेंग एफसी-ले कालेबुङको डीएसजीए-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमले एकमात्र गोल पहिलो हाफमा पेनल्टीबाट हासिल गऱ्यो। कालेबुङको टीमले पनि दुईवटा पेनल्टी पाएको थियो तर टीमले दुवैमा गोल गर्न सकेन। डीएसजीए टीमकी गोलकीपर नन्दिता मन्डललाई प्लेयर अव् द म्याच चयन गरियो। आज खेलको मुख्य अतिथि भुपेन्द्र बमजन, मुख्य युवा अनि खेलकुद सभासद, खेलकुद कार्यकारिणी सभासद नवराज छेत्री अनि पेमेन्द्र गुरुङ तथा विशिष्ट अतिथिहरुमा खरसाङ नगरपाल बृगेन गुरुङ, रघु गुरुङ, कोलकाता रेफरीस एसोसिएसनका प्रतिनिधिहरु अनि अन्य उपस्थित थिए। आजको खेलको मुख्य निर्णायक मोनिका जाना थिए साथै सहायक रेफरीहरु मन्जिरा खातुन अनि विवेक प्रसाद थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement