७ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा कालेबुङको युनाइटेड ब्रदर्सले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप बी-को म्याचमा युनाइटेड ब्रदर्सले जलपाइगढ़ी पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल दीप छिरिंगले ६५औं मिनटमा गरे। युनाइटेड ब्रदर्सका स्टपर सोनम सोनम शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने ग्रुप सी-को म्याचमा दार्जीलिङ पुलिस र सिलगढ़ीको आमुक्त परिवारबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।









