महिला प्रीमियर लीग ४ मार्चदेखि

IMG-20230207-WA0141.jpg

७ फरवरीः महिला प्रीमियर लीग (डब्ल्यूपीएल) टी२० प्रतियोगिताको बहुप्रतीक्षित शुरुवाती सीजन ४-देखि २६ मार्चसम्म मुम्बईमा खेलिनेछ। ब्रेबोर्न स्टेडियम र डीवाई पाटिल स्टेडियममा टुर्नामेण्टका सबै म्याचहरूको आयोजन गरिनेछ। प्रतियोगिताको पहिलो म्याच गुजरात जाइण्ट्स र मुम्बई इण्डियन्सको फ्रेञ्चाइजी टीमबीच खेलिने सम्भावना छ। इण्डियन प्रीमियर लीग (आईपीएल)-का अध्यक्ष वरुण धूमलले भने, महिला प्रीमियर लीग ४-देखि २६ मार्चसम्म मुम्बईमा खेलिनेछ। यस लीगको निम्ति खेलाड़ीहरूका लिलामी पाकिस्तान विरुद्ध भारतको टी२० वर्ल्ड कप म्याचको एक दिनपछि १३ फरवरीमा मुम्बईमा हुने पनि धूमलले बताए। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले पाँचवटा टीमको बोलीमा ४६६९.९९ करोड़ रुपियाँ हासिल गरेपछि यस लीगको प्रसारण अधिकार ९५१ करोड़ रुपियाँमा बेचेको थियो। यसको साथै डब्ल्यूपीएल पुरुषहरूका आईपीएलपछि विश्वको दोस्रो सबैभन्दा ठूलो टी२० लीग बनेको थियो।
मुम्बई इण्डियन्स, रोयल च्यालेञ्जर्स बेंगलोर र दिल्ली क्यापिटल्स जस्ता आईपीएल टीमहरू बाहेक केपरी ग्लोबल होल्डिंग्स (लखनऊ) र अडानी स्पोर्टलाइनले डब्ल्यूपीएलको निम्ति फ्रेञ्चाइजी टीम खरीद गऱ्यो। लीगको निम्ति लगभग १५०० जना खेलाड़ीले पञ्जीकरण गराइसकेकी छन्। अन्तिम सूची हप्ताको अन्तमा जारी गरिने सम्भावना छ। लिलामीमा हरेक टीमले खेलाड़ीहरूमाथि १२ करोड़ रुपियाँ खर्च गर्न सक्नेछ। टीमहरूले कम्तीमा १५ अनि अधिकतम् १८ जना खेलाड़ीको निम्ति सफल बोली लगाउनु पर्नेछ। लीगमा जम्मा २२ वटा म्याच खेलिनेछ अनि टेबलको शीर्षमा रहने दुईवटा टीमले फाइनलको निम्ति क्वालीफाई गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टीमबीच खिताबी म्याचमा स्थान बनाउनको निम्ति नक्आउट म्याच हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement