नयाँ दिल्ली: मङ्गलबार (७ फरवरी) दिल्लीको जन्तर मन्तरमा ११ जनजाति महासंघ राष्ट्रिय समितिको नेतृत्वमा सिक्किम राज्यको नेपाली भाषी गोर्खा सर्वोच्च न्यायालयद्वारा विदेशीको टिप्पणी गरिएको बारेमा शान्तिपूर्वक धरना प्रदर्शन जनजाति महासंघको राष्ट्रिय सचिव एन्ड्रुय गुरुङको नेतृत्वमा अनि अमित सिन्चुरीको अध्यक्षतामा गरियो। सिक्किमेली नेपाली भाषी गोर्खा जाति विदेशीको लान्छना सर्वोच्च न्यायालय र भारत सरकारको गलत निर्णय र गलत जानकारी हो रहेको एन्ड्रुय गुरुङले बताएl यसका साथै ११ जनजातिलाई राष्ट्रिय जनजाति मागबारे पनि चर्चा गरियो। आशा गुरुङले पनि सिक्किमका नेपाली भाषी गोर्खाहरुलाई शरणार्थी भनेको विषयमा विरोध जनाइन्। सभाका अध्यक्ष अमित सिन्चुरीले यसबारेमा खेद प्रकट गर्दै सर्वोच्च न्यायालयमा याचिका दिने वचन दिए। विकाश थापाले पनि यसप्रति खेद प्रकट गरे।