सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर १३ को प्रणामी मन्दिर रोडमा रहेको एक बहुतले भवनमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। घटनाको जानकारी पाएलगत्तै दुईवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम थालेका छन्। आगलागी भएको घरमा विवाह समारोह चलिरहेको बताइएको छ।









