सिलगढी: नवग्रामका सेवानिवृत्त पुलिसकर्मी श्यामल पालले ट्रिपल जम्पमा ४ स्वर्ण जित्नुका साथै पाँचौं राष्ट्रिय मास्टर्स एथलेटिक मीटमा वर्ष खेलाडीको छनोट कायम राखेका छन्। सिलगढीका एक पूर्व पुलिस अफिसरले हैदरावादमा आयोजित ५औं मास्टर्स एथलेटिक मीटमा ४ स्वर्ण र एक कास्य पदक जितेर शहरको नाम कमाए। श्यामल पालले यो जितले निकै खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहेको बताए।

एक प्रश्नको जवाफमा श्यामल पालले यस मास्टर्स मीटमा आफ्नो सबैभन्दा ठूलो उपलब्धि ट्रिपल जम्प कीर्तिमान र दोस्रो पटक वर्ष खेलाडी घोषित भएको बताए। श्यामल पालका अनुसार उनको सफलतामा परिवारको सहयोग रहेको बताए। यो सम्पूर्ण परिवारको लागि ठूलो उपलब्धि हो। घरपरिवारको साथ सधै मिलेको उनले बताए।