कोविड़ सिक्किम: सिक्किम राज्य कोरोनामुक्त: जाँच ६९ जनाले गरे

IMG_20220324_153250.jpg

गान्तोक: सिक्किम राज्य धेरै दिनदेखि कोरोनामुक्त बनेको छ। लगभग १५ दिनदेखि राज्यमा कोरोनाको कुनै नयाँ मामिला फेला परेको छैन। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा एउटै पनि नयाँ मामिला फेला परेको छैन। मोठ ६९ नमूना जाँच गर्दा सबै रिपोर्ट नेगेटिव आएको विभागद्वारा जारी दैनिक रिपोर्टमा बताइएको छ। ६९ मध्ये सर्वाधिक ६० नमूना गान्तोक जिल्लाबाट, ६ नमूना पाकिम जिल्लाबाट अनि सोरेङ जिल्लाबाट ३ वटा नमूना जाँचको निम्ति पठाइएको थियो। यसरी लगातार नयाँ मामिला शून्य रहेपछि गत सात दिनभित्रको कोरोनाको पोजिटिविटी दर शून्य रहेको छ। हाल राज्यमा एउटै पनि कोरोनाको सक्रिय मामिला छैन। कोरोना शुरु भएदेखि हालसम्म ४४ हजार ३२२ जना कोरोना संक्रमित बनिसकेका छन् भने ४३ हजार ३९ जना कोरोनामुक्त बनिसकेका छन्। यस भाइरसले राज्यका ४९९ जनाले ज्यान गुमाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement