अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे एरोन फिञ्चले

IMG-20230207-WA0006.jpg

७ फरवरीः खेलको सबैभन्दा छोटो प्रारूपमा अष्ट्रेलियाई टीमलाई सबैभन्दा लामो समयसम्म सेवा प्रदान गर्ने कप्तान तथा अनुभवी ब्याटर एरोन फिञ्चले मंगलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। फिञ्चले गत वर्ष सेप्टेम्बरमा वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले यसपाली टी२० इण्टरनेशनलबाट पनि सन्न्यास लिएको पुष्टि गरेका छन्। फिञ्चकै कप्तानीमा अष्ट्रेलियाले २०२१-मा आफ्नो पहिलो टी२० वर्ल्ड कपको खिताब जितेको थियो। टी२०आई-को इतिहासमा अष्ट्रेलियाका सबैभन्दा सफल कप्तान फिञ्चले बिग ब्याश लीग (बीबीएल)-मा चाहिँ मेलबर्न रेनेगेड्सबाट खेल्न जारी राख्नेछन्। गत वर्ष आफ्नो घरमा भएको टी२० वर्ल्ड कपमा खिताब बचाउन असफल भएपछि अष्ट्रेलियाई टीममा फिञ्चको स्थानलाई लिएर प्रश्न उठेको थियो। आयोजक अष्ट्रेलिया गत वर्ष भएको टी२० वर्ल्ड कपमा नक्आउट चरणमा स्थान बनाउन असफल भएको थियो।
फिञ्चले एउटा बयानमा भने, साल २०२४-मा हुने आउँदो टी२० वर्ल्ड कपसम्म खेल्न नसक्ने अनुभव भयो। यसैकारण मेरो निम्ति पद छोड़्ने यो सही समय हो। अब टीमले त्यस कार्यक्रमको निम्ति योजना बनाउने अनि निर्माण गर्ने समय पाउनेछ। म विशेष रूपले आफ्नो परिवारलाई धन्यवाद दिन चाहन्छु। पत्नी एमा, मेरो टीमका साथीहरू, क्रिकेट अष्ट्रेलिया रअष्ट्रेलियाई क्रिकेट एसोसिएशनले मलाई त्यस खेललाई खेल्ने अनुमति अनि समर्थन दियो, जसलाई म सबैभन्दा धेर माया गर्छु। म ती प्रशंसकहरूलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मलाई पूरा अन्तर्राष्ट्रिय करियरमा समर्थन गरे।
टी२०आई क्रिकेटका सर्वश्रेष्ठ ब्याटरहरूमा एक फिञ्चले २०११-मा ईंग्ल्याण्ड विरुद्ध अन्तर्राष्ट्रिय पदार्पण गरेका थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा जम्मा ८८०४ रन बनाए। अनुभवी ब्याटरले अष्ट्रेलियाको निम्ति वनडेमा १७ वटा अनि टी२०आई-मा २ वटा शतक बनाए। अष्ट्रेलियाको निम्ति आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याचमा फिञ्चले ६३ रनको असाधारण ईनिंग्स खेले। फिञ्चले भने, टीमको सफलता त्यो चीज हो, जसको निम्ति तपाईं खेल्नु हुन्छ। २०२१-मा पहिलोपल्ट टी२० वर्ल्ड कप जित्नु अनि २०१५-मा घरेलु माटोमा वनडे वर्ल्ड कप जित्नु सदा यादगार रहनेछ। १२ सालसम्म अष्ट्रेलियाई टीमको प्रतिनिधित्व गर्न सक्षम हुनु अनि केही महान खेलाड़ीहरूसँग अनि उनीहरू विरुद्ध खेल्नु एउटा अविश्वसनीय सम्मान रह्यो।
ओपनिङ्ग ब्याटर फिञ्चले २०१८-मा जिम्बाब्वे विरुद्ध केवल ७६ बलमा १७२ रन बनाएका थिए, जुन टी२०आई इतिहासमा कुनै पनि ब्याटरको सर्वोच्च स्कोर हो। उनको नाममा टी२०आई क्रिकेटमा तेस्रो सर्वोच्च स्कोरको रेकर्ड पनि रहेको छ। फिञ्चले २०१३-मा ईंग्ल्याण्ड विरुद्ध साउथम्प्टनमा खेलिएको टी20आई म्याचमा ६३ बलमा १५६ रनको यादगार ईनिंग्स खेलेका थिए। ३६ वर्षीय फिञ्चले अष्ट्रेलियाको तर्फबाट पाँचवटा टेस्ट, १४६ वटा वनडे र १०३ वटा टी२०आई म्याच खेले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement