७ फरवरीः सिलगढ़ी नजिक खोलाचन्द फाप्रीकी युवा प्रिया छेत्रीले अझ एउटा सफलता हासिल गरेकी छन्। गोरुबथानमा भएको हाफ म्याराथन (२१ किलोमीटर) -मा प्रियाले महिलाहरूकी ओपन वर्गमा दगुर्दै दोस्रो स्थान हासिल गरिन्। उनले २१ किलोमीटरको दूरी १ घण्टा ४७ मिनटमा पूरा गरिन्। खोलाचन्द फाप्री निवासी प्रकाश छेत्री र शिला छेत्रीकी सुपुत्री प्रियाले यसअघि पनि विभिन्न प्रतियोगिताहरूमा सफलता हासिल गरिसकेकी छन्।

प्रियाले सिलगढ़ी महकुमा क्रीड़ा परिषदको आयोजनमा भएको वार्षिक खेलकुद २०२२-२३-मा ८०० मीटरको दौड़मा पहिलो स्थान हासिल गरेकी थिइन्। यसरी नै उनले उत्तर बंगाल मात्र नभएर सम्पूर्ण देशमा लामो दूरीको दौड़मा हिस्सा लिएर आफ्नो छाप छोड़ेकी छन्।