७ फरवरीः युनाइटेड सोनादा फुटबल क्लब अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनमा जारी ओपन वूमन्स फुटबल टुर्नामेण्टमा नीरो गर्ल्सले सेमिफाइनलमा स्थान बनायो । सोनादाको भालुटार खेल मैदानमा सोमवार खेलिएको क्वार्टर फाइनल म्याचमा नीरो गर्ल्सले टुंगको आईटीआई युनाइटेडलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमकी स्नेहा छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। महिला वर्गमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









