आपसी लडाई झगडाले फाइदा होइन नोक्सान मात्र हुनेछ
दार्जीलिङ: सिक्किमे जनता आपसमा लडाई झगडा नगर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आहवान गरे। पहाडको विभिन्न क्षेत्रहरूको भ्रमणमा निस्केको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सिक्किमको जनतालाई आपसमा लडाई झगडा नगर्ने आहवान गर्दै यस संकटको घडीमा एकबद्व हुने अनुरोध गरेको छ। एडवार्डसले अघि भने हामी सिक्किमे जनताहरूप्रति गर्व गर्छौ, तपाईहरू को आफ्नै राज्य छ। तर आज सिक्किमे नेपाली भाषीहरू माथि जो विदेशीको लान्छना लागेको छ, यो अति नै पिडा दायक विषय हो। सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लान्छनालाई दार्जीलिङबासी लगायत समस्त भारतीय नेपाली भाषी गोर्खाहरू आहत बनेका छौ। बर्तमान स्थितिमा सिक्किममा आफ्नै दाजु भाइहरू माझ लडाई, झगडा, ढुङगा हाना हान आदि जस्ता घटना हरू समाजिक संजालहरूदेखि लिएर राष्ट्रीय न्युज च्यानलहरूले देखाई रहेको छ, यो अति नै दुखको विषय हो। आज सिक्किममा जो स्थिति सृजना भएको छ, यस्तो स्थिति दार्जीलिङ पहाडले सन १९८६ नै भोगेको हो। त्यस अवधि १२ सय भन्दा धेर मानिसहरू शहीद भएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अधि भने ‘म तपाईहरूको सानो भाइ हो, मेरो सुझावलाई चिन्तन र मनन गर्नु होस। आपस लडाई झगडा गरेर केही फाइदा हुने छैन, आज तपाईहरू जून मार्गमा हिडनु हुदैछ, त्यो मार्गमा हामी अधिबाटै हिडी सकेका छौ तर त्यसले हामीलाई केही फाइदा भएन केवल नोक्सान मात्र भएको छ।’ सत्ता भनेको एक दिनको फुटबल म्याच हो तर जातिया मुद्वा भनेको जाति हितको निम्ति हो। आज सिक्किमे नेपाली भाषीमाथि जो पीर र मर्का परेको छ, त्यसमाथि तपाईहरू ले के कस्ता कार्यहरू गर्दैछ भन्ने विषयमाथि सिक्किमे जनताले हेरी रहेको छ, त्यसकारण तपाईहरू आपसमा लडाई झगडा,हिलो छोपाई जस्ता कार्यहरू छोडेर जाति माथि लागेको लान्छनालाई मेटाउने काम गर्नु होस हाम्रो पार्टी अध्यक्ष एडवार्डसले भने।सिक्किमलाई हामी माया गर्छौ, सिक्किमको एकतालाई हामी दार्जीलिङबासी ले रम्फुदेखि यता के गर्न सक्छौ त्यो हामी गर्ने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।