प्रदेश भाजपा अध्यक्ष डीआर थापाको नेतृत्वमा संयुक्त प्रतिनिधि टोलीको गृहमन्त्री अमित शाहसँग भेट

IMG-20230206-WA0010.jpg

गान्तोक: विदेशीको मुद्दामा सिक्किम प्रदेश भाजपा, जोइन्ट एक्शन कमिटी र सिक्किमे नागरिक समाजको एउटा संयुक्त प्रतिनिधि टोलीले हिजो अबेर राति देशका गृहमन्त्री अमित शाहसित नयाँ दिल्लीस्थित उनको आवासमा भेट गऱ्यो। यस भेटघाटको क्रममा सिक्किमबाट गएको प्रतिनिधि टोलीले सर्वोच्च न्यायालयको फसेलाले सिक्किमे नेपालीलाई विदेशीको लाञ्छना लगाएको साथै सिक्किमे-को परिभाषामा भएको विकृति बारे अवगत गरायो।

गृहमन्त्री अमित शाहले सिक्किमे प्रतिनिधि टोलीको कुरालाई ध्यानपूर्वक सुनेपछि सिक्किमेको भावनालाई सदैव सम्मानको नजरले हेरिने आश्वासन दिएको पछि प्रतिनिधि टोलीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। यसको साथै गृहमन्त्रीले सिक्किम र सिक्किमवासी भारतका अभिन्न अनि आवश्यक अङ्ग हुन् अनि सिक्किम र सिक्किमेका सबै संवैधानिक अधिकारको सुरक्षा गरिनेछ भनी वचन दिएको पनि विज्ञप्तिमा थप उल्लेख गरिएको छ।

गृहमन्त्री अमित शाहले भारत सरकारको गृह अनि वित्त मन्त्रालयले संयुक्त रुपमा सर्वोच्च न्यायालयमा समीक्षा याचिका दायर गर्नुपर्ने सुझाउ दिएका थन् भने सिक्किमे शब्दको संवैधानिक प्रावधानअनुसार स्पष्टतामाथि पनि विशेष जोर दिएका छन्। अर्कोतिर गृमन्त्रीले राज्यमा शान्ति र कानून व्यवस्था बनाइराख्ने राज्यवासाली अपील गरेका छन्।

प्रतिनिधि टोलीलाई नवनियुक्त सिक्किम प्रदेश भाजपा अध्यक्ष तथा विधायक डीआर थापाले नेतृत्व गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement