सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति जगदीप धनखड्सँग भेट

IMG-20230206-WA0009.jpg

गान्तोकः देशको सर्वोच्च न्यायलयबाट सिक्किमेली नेपालीहरूलाई विदेशीको लाञ्छना लागेपछि अहिले हरेक तह-तप्का विदेशीको दाग हटाउनका लागि लागिपरेको छ। यसै क्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति जगदीप धनखड्सँग तिनको संसदको कार्यालयमा भेट गरेर सर्वोच्च अदालतले सिक्किमी नेपालीलाई विदेशी मूलको व्यक्तिको रूपमा कसरी अनुचित रूपमा हेरेर सिक्किमे जनताको भावनामा गहिरो चोट पु-याएको छ भन्नेबारे अवगत गराएका छन्‌।

यस अवसरमा राज्य सरकारद्वारा दर्ता गरेको समीक्षा याचिका र केन्द्रिय कानून र न्याय मन्तीले समीक्षा याचिकालाई समर्थन गर्ने आश्वासन दिएको बारेमा पनि सासंद सुब्बाले उपराष्ट्रपतिलाई जानकारी दिए। सिक्किमका जनताको तर्फबाट उपराष्ट्रपतिलाई सिक्किमेली नेपाली समुदायलाई “विदेशी मूल“ भनी गरेको अब्जर्वेशनलाई हटाउन सर्वोच्च अदालतमा गरिएको राज्यको समीक्षा याचिकालाई समर्थन गर्न आवश्यक हस्तक्षेप गरिदिने तिनले अनुरोध गरे। उपराष्ट्रपतिले धैर्यतापूर्वक आफ्नो कुरा सुनेर त्यसमा सकारात्मक आश्वासन दिएकोमा पनि सांसदले बताएका छन्‌।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement