दुई दिने राष्ट्रिय सम्मेलनमा सिक्किमको एउटा टोलीले सहभागिता

HU888

गान्तोकः नयाँ दिल्लीको कैलाश मानसरोवर भवन, इन्दुरापुरम गाजियाबादमा ४ र ५ फरवरी २०२३ को दिन आयोजित दुई दिने राष्ट्रिय सम्मेलनमा भारत तिब्बत सहयोग मञ्च (बीटीएसएम) सिक्किमको एउटा टोलीले सहभागिता जनाएको छ।

यस कार्यक्रममा राष्ट्रिय स्वयं सेवक सङ्घका वरिष्ठ प्रचारक तथा बीटीएसएमका मार्गदर्शक डा. इन्द्रेश कुमार, सङ्घरक्षक डा. कुलदीप चन्द अग्निहोत्री, राष्ट्रिय महासचिव पङ्कज गोयल तथा केन्द्रिय समिति, महिला समिति, युवा समिति, वातावरण समिति लगायत सबै प्रदेशका राष्ट्रिय सचिव, बौद्धिक समितिहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा निर्वासित तिब्बत सरकारकी रक्षा मन्ती ग्यारी डोमा र अन्य धेरै विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो। दुई दिने कार्यशालामा विभिन्न तह र समूहमा सङ्गठनको लक्ष्य हासिल गर्ने र भावी रणनीतिका बारेमा छलफल भएको थियो।

यसरी नै, ५ मई २०२३ मा धर्मशालामा बीटीएसएमको हीरक जयन्ती उत्सव मनाउनको लागि विस्तृत योजनाको बारेमा छलफल गरिएको थियो। सिक्किमका प्रतिनिधिहरूले अध्यक्ष डा. एलपी शर्माको अगुवाइमा सबै छलफलमा सक्रिय सहभागिता जनाएको जानकारी बीटीएसएम सिक्किमका प्रचार सचिव डिल्ली राम दुलालने विज्ञप्तिमा दिएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement