गान्तोकः सिक्किमका नेपालीहरूमाथि लागेको विदेशीको ट्याग हटाउन लोकसभा अध्यक्ष ओम बिरलाले पनि सहयोग गर्ने आश्वासन दिएको सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले जानकारी दिएका छन्।
विधानसभा अध्यक्ष उप्रेतीले सोमवार संसद सचिवालयमा लोकसभा अध्यक्षसित भेट गरेर सर्वोच्च न्यायालयको फैसलाले सिक्किमे नागरिकलाई आहात बनाएको उल्लेख गर्दै यो दाग मेटाउन सहयोगको मागसहित एउटा ज्ञापन पनि बुझाएका छन्। आफूले राखेको विषयबारे लोकसभा अध्यक्षले पूर्ण आश्वासन दिएको उनले जानकारी गराएका छन्।









