मुख्यमन्त्री लोकसभा अध्यक्ष ओम बिरलासँग भेट

1ddd-1

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित संसद भवनमा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरे।मुख्यमन्तीले लोकसभा अध्यक्षलाई सुप्रीम कोर्टले हालैमा सुनाएको आफ्नो फसेलाको अवलोकन भागमा गरेको टिप्पणीलाई लिएर सिक्किमेहरूको भावना र सिक्किम सरकारको अडान स्पष्ट गरे। उनले लोकसभा अध्यक्षलाई सिक्किम सरकारले अवलोकन भागमा उल्लेखित उक्त टिप्पणीलाई हटाउन र धारा ३७१ एफ को पवित्रतालाई कायम राख्न पुनरावलोकन याचिका दर्ता गरेको जानकारी गराए। लोकसभा अध्यक्षले यस सम्बन्धमा आफ्नो तर्फबाट पूर्ण समर्थन अनि भारतको संविधान अन्तर्गत सबै सिक्किमेहरूको सुरक्षाको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement