भाइचुङ भोटियाले पवन चामलिङसित भेट

1ddd

गान्तोकः हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले आज एसडीएफ अध्यक्ष पवन चामलिङसित इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा भेट गरे। यस भेट अवधि सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दाग र राज्यमा हाल भइरहेका हिंसाका घटनाहरूमाथि चर्चा गरेको बताइएको छ।

सिक्किमको पहिचानको मुद्दामा दुवै पार्टीले राजनीतिक आकांक्षाहरूलाई पर राखेर एकजूट भएर काम गर्न सहमति भएको एसडीएफद्वारा आज जारी प्रेस विज्ञप्तिमा बताइएको छ। यस बाहेक सिक्किम विधानसभामा नेपाली जातिको सीट पुनर्बहाली र इनर लाइन परमिट लागू गर्नुपर्ने सम्बन्धमा विधानसभामा कुनै बील आए त्यसलाई पूर्ण समर्थन गर्ने एसडीएफ अध्यक्ष चामलिङले आश्वासन दिए। दुवै नेताहरूले सिक्किम र सिक्किमेहरूको विशिष्ट पहिचानको संरक्षण एवं सुरक्षा गर्ने र राज्यमा फेरि शान्ति स्थापित गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement