सिलगढी: लायन्स क्लब अफ सिलगढी प्राइडको पहलमा सिलगढीको एसएफ रोडस्थित हिन्दी हाई स्कुल मैदानमा ३ देखि ५ फरवरीसम्म तीन दिवसीय लायन्स ड्रीम प्रिमियर लीगको आयोजना गरियो। यस प्रिमियर लीगमा सिलगढीका मोठ८ वटा टोलीले अंश ग्रहण गरेको थियो। यसको फाइनल म्याचलाई लिएर मानिसहरूमा निक्कै उत्साह देखियो। हिजो प्रिमियर लीग २०२३-को फाइनल खेलमा ब्लेजिङ एसेस बनाम रोरिङ लायन्स-माझ भीडन्त भयो। फाइनलमा ब्लेजिङ एसेस-ले रोमाञ्चक जीत हासिल गर्दै रोरिङ लायन्सलाई ६० रनले पराजित गरेर ट्राफी लगायत नगद राशि १,७१,००० रुपियाँको पुरस्कार आफ्नो झोलीमा पार्यो।









