सांसद राजु बिष्टको निर्देशमा युवा मोर्चाका टोली पुग्यो मेची डाङ्गीकस गाउँ

16-18-45-rajju-1-1024x576.jpg

सिलगढी: आज भारत-नेपाल सीमा क्षेत्र मेची डाङ्गी (पानीट्याङ्की अनि काकड़ीभित्ता) नजिकमा रहेको गाउँमा सांसद राजु बिष्टको निर्देशमा दार्जीलिङ जिल्ला युवा मोर्चाका एक प्रतिनिधि टोली उक्त  क्षेत्रको भ्रमणमा गएको थियो। उक्त गाउँ नेपालसँग जोडिएको गाउँमा आजको युगमा पनि बत्ती, स्कूल, बाटो, पिउने पानीको केही सुविधा नभएको टोलीले बताएको छl सरकार बाट पाउने सुविधा पनि अहिलेसम्म केही नपाएको गाउँलेहरुको भनाई रहेको टोलीका सदस्यहरुले बताएका छन्। त्यहाँ गएका टोलीले गाउँका मानिसहरूसँग भेट गरेर उक्त गाउँको समस्या बारे जानकारी लिएका छन्। सो टोलीमा भारतीय जनता महिला मोर्चा दार्जीलिङ जिल्ला सिलगढीबाट श्रीमती बबिता छेत्री, दार्जीलिङ जिल्ला युवा मोर्चा अध्यक्ष नीरज राई, दार्जीलिङ जिल्ला उपाध्यक्ष सुपेन्द्र प्रधान, दार्जीलिङ जिल्ला सचिव सिद्धान्त अधिकारी सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement