मिरिक: जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभाग र अल्पसंख्यक विभागका सभासद अरूण सिगचीले थप नयाँ विभाग सुम्पिएको छ। ती विभागहरु अर्बान डेभलपमेन्ट र म्युनिसिपल अफेयर्स (शहरी विकास तथा नगरपालिका मामिला विभाग) को अतिरिक्त कार्यकारी सदस्य पद पाएका छन्। आज तिनले शहरी विकास तथा नगरपालिका मामिला विभागका मन्त्री फिराद हाकिमसित पनि भेटघाट गरे। अतिरिक्त पद पाएपछि सिगचीले जिटिए प्रमुख कार्यपाल अनित थापालाई धन्यबाद दिएका छन्। तिनले मन्त्री फिराद हाकिमसित भेटेर आज पहाडको नगरपालिकाहरूले आजसम्म भोग्दै आएको विविध समस्याको अवगत गराएको बताएका छन्। पहाडको नगरपालिको विभिन्न समस्याबारे चर्चा परिचर्चा गर्नको लागि दार्जिलिङ, कालेबुङ, मिरिक र खरसाङ नगरपालिकाको नगर प्रमुखहरूलाई लिएर आगामी ९ फरवरीको दिन कलकत्तामा जीटीए प्रमुख कार्यपाल अनित थापाको नेतृत्वमा सभा गरिने भएको पनि तिनले जानकारी गराएका छन्।











