खरसाङ: आज बिहान खरसाङको लंगभ्यु चियाबारी कार्यालय परिसरमा भागोप्रमो अधीनस्थ हिल तराई डुवर्स प्लाटेशन वर्कस युनियन लंगभ्यु युनिट कमिटीको तत्वावधानमा गेट मिटिङ गरियो। हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियन सभापति सन्तोस गोलेले सञ्चालन गरेको गेट मिटिङलाई पंखबारी लंगभ्यु अम्बटे कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति मनिराज डुम्जन, सन्तोस गोले आदिले सम्बोधन गरे। समष्टिका कार्यकारी सभासद कल्पना प्रधानले गेट मिटिङलाई सम्बोधन गर्दै लगभ्यु चियाबारीको मालिक पक्षको उदासीन नीतिको कारण सोसाइटीमार्फत चियाबारी सञ्चालन गर्न बाध्य भएको बताइन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशमा जसरी चियाबारी सञ्चालन भइरहेको छ जसको कारणले चियाबारीका श्रमिकहरूले समयमा आफ्नो तलब खर्च पाइरहेको जानकारी दिइन्। विगतमा मालिक पक्षले समयमा खर्च तलब नदिएको कारणले श्रमिकहरूले धेरै दुःख पाएको तर अहिले आएर यो समस्याको समाधान भएको दावी गरिन्। तिनले जोइन्ट फोरमले लगभ्यु चियावारी असंवैधानिक तरिकाले चलाइरहेको आरोपको खण्डन गरिन्। तिनले चियाबारीका मालिक पक्ष श्रमिकहरूको खर्च र तलब समयमा दिनसके बगान सञ्चालन गर्न सहयोग गर्ने वचन दिइन् साथै विगतमा चियाबारीको सम्पतिको हानि गर्नेलाई कानुनी कार्यवाही गर्ने चेतावनी पनि दिइन्। लगभ्यु चियाबारीका श्रमिकवर्ग भाषण दिने नेताभन्दा कर्ममा विश्वास राख्ने नेता अनित थापाको साथमा रहेको जनाए हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियन लगभ्यु पुनिट सभापति सन्तोस गोलेले आफ्नो सम्बोधनमा भोको पेटले संवैधानिक र असंवैधानिक छुट्टाउन नसक्ने बताए। सोसाइटीले चियाबारी सञ्चालन गरेपश्चात श्रमिकहरूले समयमा आफ्नो खर्च र तलब पाइरहेको बताए। अहिलेको सुक्खा महिनामा वेलफर सोसाइटीको तर्फबाट श्रमिकहरूले ठूलो राहत पाइरहेको समयमा विपक्षी दलहरूले असंवैधानिक भनेर बगम्फुसे कुरा गरेको भन्दै श्रमिकहरूको गरीबी र भोको पेटमाथि राजनीति नगरीदिने आह्वान पनि गरे। आजको गेट मिटिङमा पंखबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान साथै समष्टि सभापति मनिराज डुम्जन, प्रचार- प्रसार सचिव जिनोद परियार, लंगभ्यु सयोजक मौसम लामा आदिको विशेष उपस्थिति रहेको थियो।









