विश्व च्याम्पियनलाई पराजित गरी तेजस्विनीले जिते गोल्ड मेडल

photocollage_20232621258124.jpg

६ फरवरीः भारतका हाई जम्प एथलीट तेजस्विनी शंकरले बोस्टनमा पूर्व विश्व च्याम्पियन र राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक विजेता डोनाल्ड थोमसको कड़ा चुनौतीलाई पार गर्दै न्यू ब्यालेन्स इण्डोर ग्रां. प्री. प्रतियोगितामा शीर्ष स्थान हासिल गरे। दिल्लीमा जन्मिएका २४ वर्षीय तेजस्विनीले २.२६ मीटरको जम्प लगाएर पहिलो स्थान हासिल गरे। यसरी नै २००७-को विश्व च्याम्पियन तथा २०१० राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक विजेता बहामाका थोमन (३८ वर्षीय) २.२३ मीटरको जम्प लगाएर दोस्रो स्थानमा रहे। साल २०२२-को बर्मिंघम खेलहरूमा काँस्य पदक जित्ने तेजस्विनीले पहिलो चारवटा प्रयासमा २.१४, २.१९. २.२३ र २.२६ मीटरको जम्प लगाए। उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन २.२९ मीटरको रहेको छ, जुन राष्ट्रिय रेकर्ड हो। यसरी नै इण्डोर मीटमा उनको सर्वश्रेष्ठ प्रदर्शन २.२८ मीटरको रहेको छ। अमेरिकाका डेरिल सुलिवानले सत्रको सर्वश्रेष्ठ प्रदर्शन गर्दै २.१९ मीटरको जम्प लगाएर तेस्रो स्थान हासिल गरे। स्वर्ण पदक जितेपछि तेजस्विनीले भने, नयाँ सालको शुरुवात असाधारण रह्यो। सत्रको शुरुवाती प्रतियोगितामा शीर्ष एथलीटहरूसँग प्रतिस्पर्धा गर्ने मौका पाएर उत्साहित छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement