खरसाङ: खरसाङको सिवटार निवासी पत्रकार हनोक थापा मातृ शोकमा परेका छन्। उनको आमा मरियम थापाको सोमबार (६ फरवरी २०२३) साँझ ५.३० बजेतिर खरसाङ अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको छ। विगत दुई वर्ष अघि मुटुको सर्जरी गरिएको र विगत केही दिनदेखि स्वास फेर्न कठिनाइ भइरहेको हुनाले सोमबार अपरान्ह केही अस्वस्थ भएको हुँदा खरसाङ महकुमा अस्पताल उपचारको लागि लगेको समय आपतकालीन रूपमा जाँच गराउँदा डाक्टरले मृत घोषित गरेको जानकारी प्राप्त भएको छ। उनको निधन हृदयघातको कारणले भएको बताइएको छ। पत्रकार हनोक थापाकी आमा मरियम थापाले आफुपछि पति फिलेमोन थापासहित छोराहरू प्रकाश थापा, हनोक थापा, हनियल थापा, छोरीहरू माया तामाङ, यसोदा थापा, अलबिना थापा, ज्वाईहरू र नाता नातिनीहरू छोडी गएका छन्। उनको अन्तिम संस्कार मङ्गलबार (७ फरवरी २०२३) बजेदेखि खरसाङ महकुमाको तीनधारे महानदी समष्टिअन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदान पाखामा गरिने परिवारका स्रोतबाट जानकारी प्राप्त भएको छ।
उनको आत्मा शान्तिको कामना गर्दै ईश्वरले सम्पूर्ण शोकाकुल परिवारलाई यस दु:खद घडीमा यो ठूलो बज्रपत सहन गर्नसक्ने शक्ति प्रदान गरुन् भनि प्रार्थना गर्दै ‘द् रिपब्लिक इण्डियन’का टीम सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछl









