मुण्डा चिया बगानको विभिन्न ठाउँमा पावर अनि हार्टिकल्चर विभागका सभासद् प्रणाम रसाइलीले गरे परिभ्रमण

IMG_20230206_201600.jpg

सोनादा: जीटीएको पावर अनि हार्टिकल्चर विभागको एमओडी सभासद् प्रणाम रसाइलीले रंगबुल धोतरिया समष्टि अन्तर्गत मुण्डा चिया बगानको मुण्डा बाँसघारी लोवर सिडर्स, चन्द्रमानधुरा लगायत अन्य क्षेत्रमा औपचारिक भ्रमण गरे।यस क्षेत्रका अर्किट अनि अन्य फूल व्यवसायीहरूसँग तिनले भेटघाट गरे। विशेष चिया बगानको दयनीय अवस्था हेरेर श्रमिकहरुको छोरा-छोरीहरूले सरकारबाट पाउनु पर्ने सहुलियत तथा सुविधा पाएको हुनुपर्छ भनि बताए। आजको भ्रमण टोलीमा हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समितिको महासचिव भक्तिमान तामाङ, महकुमा प्रचार-प्रसार सचिव बसन्त कुलुङ राई लगायत स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

About Author

Advertisement