कालचिनीः भाजपा विधायक सुमन काञ्जीलालले भाजपा छोड़ेर तृणमूलमा सामेल भएको घटनालाई केन्द्र गरेर सोमबार भाजप अलिपुरद्वार जिल्ला कमिटीले विरोध ऱ्याली निकाल्यो। सयौँ भाजपा कार्यकर्ता र समर्थकहरूले यसदिन सुमन काञ्जीलाल गद्दार भएको भन्दै तिनको पुत्ला जलाएर विरोध प्रदर्शनमा भाग लिए।
यस दिन अलिपुरद्वारको जिल्ला भाजपा कार्यालयबाट विरोध जुलुस सुरु भएको थियो भने सहरका विभिन्न क्षेत्रको भ्रमण गरि कलेज हल्ट क्षेत्रमा पुगेर समापन सो ऱ्यालीको समापन गरीएको थियो। यता तृणमूल सुत्रले भोलि मंगलबार विधायक सुमन काञ्जीलाल अलिपुरद्वार आईपुग्ने बताएको छ भने तिनलाई लिएर तृणमूल अलिपुरद्वार जिल्ला कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाएका छन्।









