सिलगढी: सिलगढी नगरनिगमले कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाउने तथा विकास घोष मेमोरियल स्वीमिङ पुललाई पनि नयाँ रूपमा सजाइने जस्ता विषयलाई लिएर आज कञ्चनजङ्घा स्टेडियमको सभाकक्षमा एसजेडीए तथा पीडब्ल्यूडी का अधिकारीहरूसित सिलगढीका मेयर गौतम देवले एउटा बैठक गरे। पीडब्ल्युडी- का अधिकारीहरूले स्टेडियमको चारैतिर निरीक्षण गरेपछि तिनीहरूको रिपोर्ट अनुसार नै विभिन्न कार्य शुरू गरिनेछ। यस विषयलाई लिएर मेयर गौतम देवले पीडब्ल्यूडी मन्त्री पुलक साहासित कुराकानी गरे। यस अवसरमा मेयर देवले भने, पीडब्ल्यूडी को सहयोगमा स्टेडियमलाई नयाँ रूपमा सजाइने कार्य शुरू गरिनेछ। यसको साथै स्वीमिङ पुललाई पनि नयाँ रूपमा सजाइनेछ।









