दार्जीलिङलाई जोशी मठ बन्नदेखि जोगाउन रितेश पोर्तेलको आहवान

00-Ritesh-Portel

दार्जीलिङ: दार्जीलिङ प्रेस गिल्डमा दार्जीलिङ नगरपालिकाको पूर्व चेयरम्यान एंव हाम्रो पार्टीका नगरपार्षद रितेश पोर्तेलले दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्ड साथै समस्त दार्जीलिङ नगरबासीलाई दार्जीलिङलाई जोशी मठ हुनदेखि जोगाउन आहवान गरेका छन्। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पोर्तेलले भने, ‘दार्जीलिङ नगरपालिकाको चुनावको क्रममा हाम्रो पार्टीले अवैध निर्माणहरूमाथि रोक लगाउने वाचा गरेको थियो। दार्जीलिङ नगरपालिका क्षेत्रको सर्वसाधारणहरूले हाम्रो पार्टीलाई बोर्ड गठन गर्ने दायित्व सुम्पिएपछि हाम्रो बोर्डले चुनाव अवधिमा गरेको वाचाहरू एकाएक गर्दै पूरा गर्ने कार्यहरू गर्दै आइरहेको थियो। जसमा दार्जीलिङ नगरपालिका क्षेत्रमा हाईराइज बिल्डिङहरूको निर्माणमाथि रोक पनि एउटा रहेको थियोl’ ‘हाम्रो पार्टीको बोर्डले नगरपालिका क्षेत्रको हाईराइज बिल्डिङहरूको सूची तयार गरेर ती बिल्डिङहरू विरुद्ध कारबाही गर्ने कामहरू शुरू गरेको थियोl जसमा कतिपय बिल्डिङ मालिकहरूलाई न्यायलयमा याचिका पनि दर्ता गरेका थिए। हाम्रो पार्टीको बोर्डले अबैघ निर्माणहरू विरूद्व कार्यवाही गर्दा नै बोर्ड तोडने कार्य भएको थियो भन्ने हामीलाई लाग्छl हाम्रो बोर्ड हट्ने बित्तिकै अवैध निर्माणहरूमाथि लागेको रोकहरू हटाउने काम भएको छ, जसको फलस्वरूप दार्जीलिङ नगरपालिका क्षेत्रमा अवैध निर्माणहरूको कार्य फेरि शुरु भएको छ’, उनले भनेl दार्जीलिङ नगरपालिकाको ४६ वटा अवैध निर्माणहरूमाथि रोक लगाउनुपर्ने माग रितेश पोर्तेलले गरेका छन्। उनले भने, ‘हाम्रो बोर्डको समयमा रोक लागेका अवैध निर्माणहरूको फेरि शुरू भइरहेको छl दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डलाई साथै हामी सम्पूर्ण दार्जीलिङवासीलाई आहवान गर्छौ दार्जीलिङलाई जोशी मठ बन्नदेखि जोगाउनु होस्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement