१६औं सुकना गोल्ड कप: युनाइटेड एफसी दार्जीलिङ क्वार्टर फाइनलमा

CollageMaker_202326184933654.jpg

६ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा युनाइटेड एफसी दार्जीलिङले क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप ए-को म्याचमा युनाइटेड एफसी दार्जीलिङले कालेबुङ पुलिसलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नयन प्रधानले २ र शिव राउत (होल्डर)-ले १ गोल गरे। नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो।

मंगलवार खेलिने ग्रुप बी-को म्याचमा जलपाइगढ़ी पुलिस र कालेबुङको युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement