सुमन कान्जिलाल अलिपुरद्वारका भाजपा विधायक तृणमूलमा सामेल

Screenshot_20230206_164347_Samsung-Internet.jpg

अलिपुरद्वार: अलिपुरद्वारका भाजपा विधायक सुमन कान्जिलाल हिजो पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। कोलकाताको क्यामक स्ट्रिटमा रहेको अभिषेक ब्यानर्जीको कार्यालयमा अभिषेक ब्यानर्जीले तिनलाई तृणमूलको झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस सम्बन्धमा सिलगढीका विधायक शंकर घोषले भने, सुमनले पार्टी परिवर्तन गर्छ भन्ने विषयमा सोचेको थिइन। तिनलाई पार्टीमा काम गर्न असुविधा भइरहेको थियो भने पार्टीका नेतृत्वहरूसित चर्चा गर्नु आवश्यक थियो। यदि चर्चापछि पनि कुनै समाधान नभएको खण्डमा तिनले विधायक पद त्यागेर पार्टी छोड्ने निर्णय लिन सक्थे।

About Author

Advertisement