जीटीए डेपुटी चेयरम्यान राजेश चौहानले भेट गरे श्रम मन्त्री मलय घटकलाई

Screenshot_20230206_162106_Samsung-Internet.jpg

काेलकता: आज राज्यका श्रम मन्त्री मलय घटकसित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहानले कलकत्ता भ्रमण अवधि भेट गरे। यस भेटमा तिनले दार्जिलिङको विभिन्न चियाबारीहरू मध्ये छ वटा चियाबारी क्रमैले रङ्गमुक सिडर्स, पान्दम, आलुबारी, रागेरुङ, लङभ्यू र नामरिङको जल्दो बल्दो समस्यहरु लिएर राज्यका श्रम मन्त्री मलय घटकसित कुराकानी गरे। यस भेटघाटको क्रममा सरकार सधैं चिया श्रमिकहरुको पक्षमा रहेको अनि चाँडै केही दिन भित्रमा नै उक्त समस्याको समाधान गरिदिने मन्त्री घटकले आश्वासन दिएको बताइएको छ। डेपुटी चेयरम्यान राजेश चौहानले चिया बगानका समस्याहरूलाई लिएर श्रम मन्त्री मलाय घटकसितको आजको भेटघाट फलदायक रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement