खोरीबारीमा बस पल्टिँदा छ जना घाइते

Screenshot_20230206_161933_Samsung-Internet.jpg

खोरीबारी: खोरीबारी खण्डको चक्करमारी मोडमा बस पल्टिंदा एकजना शिशु सहित छ जना यात्रीहरू घाइते भएका छन्।जानकारी अनुसार एउटा गैर सरकारी बस सिलगढीबाट देवीगञ्जतर्फ गइरहेको समय चक्करमारी मोडमा एकजना नानीले सडक पार गरिरहेको समय तिनलाई बचाउने क्रममा बस अनियन्त्रित भएर पल्टिएको छ। यसरी पल्टदा बस चालक, एकजना शिशु सहित मोठ छ जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर खोरीबारी ग्रामीण अस्पतालमा पठाइएको छ। यो दुःखद घटनाले राष्ट्रिय राजमार्गमा जामको समस्या देखापर्यो। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement