मतिगढाको चमटा ब्रिज नजिक दुर्घटना

सिलगढी: मतिगढाको चमटा ब्रिज नजिक पानीट्याङ्कीबाट सिलगढीतर्फ आइरहेको एउटा बस अनियन्त्रित भएर तेलको ट्याङ्करसित ठोक्किँदा तेलको ट्याङ्कर चमटा ब्रिजबाट तल जंगलमा झर्यो भने बस ब्रिजमा पल्टियो। यस घटनामा बसमा सवार धेरैजना यात्रीहरू घाइते भएका खबर छ।यो घटनापछि चमटा ब्रिजमा केही समयको लागि गाडीहरूको चलाचल बन्द गरेको थियो। यसपछि क्रेनको सहयोगमा बसलाई ब्रिजबाट हटाइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement