जोइण्ट फोरमले श्रम मंत्रीले लेख्यो पत्र
दार्जीलिङ: जोइण्ट फोरमले हस्तक्षेपको मांग गर्दै राज्यको श्रम मंत्री मलय घटकलाई लेख्यो पत्र।गत ८ दिसम्बर २०२२ को दिन जीटीए मुख्यलय लाल कोठी मा जीटीए सभाको पदाधिकारीहरूको उपस्थितिमा पहाड को सत्ता पक्ष श्रमिक संगठनले श्री नाराणी कम्पनीलाई पहाडको चारवटा चिया बगानहरू रम्बुक सिर्डर, राँगेरूङ, नागरी, आलुबारी चिया बगानहरूको सम्झौता पत्रमा हस्ताक्षर गरेको केही दिनदेखि नै ती चिया बगानहरू संचालन गरेका थिए तर केही महिनाहरू नवित्दै यी चिया बगानहरूमा कार्यरत श्रमिकहरूले रोजी लगायत अन्य साहुलियतहरू नपाएको जोइण्ट फोरमले श्रम मंत्री घटकलाई लेखेको पत्रमा उल्लेख गरेको छ। यी चिया बगानहरूमा प्रबंधकदेखि लिएर कर्मचारीहरू एंव श्रमिक हरूले अझ पनि कार्यरत छन तर उनीहरूले पाउँनु पर्ने रोजी, बेतन आदि केही पाएका छैनन। यसै वीच पहाडको सत्ता पक्षको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनले २६ जनवरीदेखि बगानको मालिकबर्गले कुनै सूचना नदिए बगान छोडेर गएको अवगत गराउँदै श्रम मंत्रलयलाई पत्रचार गरेर हस्ताक्षेप को मांग गरेको जोइण्ट फोरमले आफ्नो पत्रमा उल्लेख गरेको छ। जोइण्ट फोरमले शुरूदेखि नै सम्झौता नै गलत रहेको बताउँदै आई रहेका थिए, त्यसै अनुरूप सम्झौता बैठकमा जोइण्ट फोरमको कुनै पनि श्रमिक संगठनहरूको नेतृत्वहरूले अंश ग्रहण गरेका थिएनन। सम्झौता गरेको केही महिना नवित्दै बगानको यस्तो अवस्था हुनु भनेको दुर्भाग्य रहेको जोइण्ट फोरमले बताएको छ। जोइण्ट फोरमले आफ्नो अडान स्पष्ट गरेका छन। यी चारवटा चिया बगानहरूमा कार्यरत कर्मचारीबर्ग साथै श्रमिकबर्गहरू आज पनि कार्यलय एंव बगानमा कार्यरत छन,त्यसकारण यिनीहरूले गरेको कामको दाम सम्झौता बैठकमा उपस्थित रहेका जीटीए सभाको पदाधिकारी साथै श्रमिक संगठनले भूक्तान गर्न पर्छ। जोइण्ट फोरमले राज्यको श्रम मंत्री मलय घटकलाई लेखेको पत्रमा शीध्र श्रम मंत्रलयले यस विषय माथि हस्तक्षेप गर्नु पर्ने अनि कुनै राम्रो कम्पनीलाई त्रिपक्षीय सम्झौता गरेर सोम्पिनू पर्ने मांग पनि गरेको छ।पत्रको अन्तमा जोइण्ट फोरमले चिया श्रमिकहरूलाई विचल्नी हुनदेखि जोगाउँने पूनः निवदेन गरेको छ।








