ला लीगाः बार्सिलोना विजयी, रियल म्याड्रिड पराजित

CollageMaker_202326131534524.jpg

६ फरवरीः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले जीत हासिल गरे पनि रियल म्याड्रिड चाहिँ पराजयको सम्मुखीन भयो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा सेविले विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले म्याचको जम्मै गोल दोस्रो हाफमा हासिल गऱ्यो। जोर्डी अल्बाले ५८औं, गाभीले ७०औं र राफिन्हाले ७९औं मिनटमा गोल गरे। यस जीतपछि ला लीगा टेबलको शीर्ष स्थानमा कायम रहने बार्सिलोनाको २० वटा म्याचमा ६३ पोइण्ट पुग्यो। यसरी नै सेविले २१ पोइण्ट लिएर १६औं स्थानमा रहेको छ। बार्सिलोनाको चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडले चाहिँ मालोर्का विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ७४ प्रतिशत पोजेशनको साथ खेले पनि रियल म्याड्रिडले गोल गर्न सकेन। यसको रियल म्याड्रिडकै डिफेण्डर नाचोले १३औं मिनटमा गरेको आत्मघाती गोलले मालोर्कालाई यादगार जीत दिलायो। यस जीतपछि मालोर्का २० वटा म्याचमा २८ पोइण्टको साथ दशौं स्थानमा पुग्यो।

यसरी नै दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग ४५ पोइण्ट रहेको छ। रियल झैं शीर्ष तीनमा सामेल रियल सोसिएदाद पनि हारको सम्मुखीन भयो। रियल सोसिएदादलाई भाल्लाडोलिडले १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट साइल लारिनले ७३औं मिनटमा गोल गरे। रियल सोसिएदाद यस हारपछि पनि ३९ पोइण्टको साथ शीर्ष तीनमा कायम रह्यो। यसरी नै भाल्लाडोलिड २३ पोइण्टको साथ १३औं स्थानमा रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा गिरोनाले भेलेन्सियालाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement