६ फरवरीः ईंग्लिश प्रीमियर लीगमा दुई शक्तिशाली टीम म्यानचेष्टर सिटी र लिभरपूलले हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीलाई दशजना खेलाड़ीमा सीमित टोटनह्याम हट्स्परले १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा खेल्दै शुरुदेखि नै दबाउमा रहने टोटनह्यामलाई ह्यारी केनको गोलले जीत दिलायो। केनले म्याचको १५औं मिनटमा निर्णायक गोल गरे। म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गरे पनि सिटीले गोल हासिल गर्न सकेन। म्याच जिते पनि टोटनह्यामका डिफेण्डर क्रिस्टियन रोमेरोलाई ८७औं मिनटमा रातो कार्ड देखाइयो। यस निराशाजनक हारपछि सिटी २१ वटा म्याचमा ४५ पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै पाँचौं स्थानमा रहने टोटनह्यामसँग अहिले २२ वटा म्याचमा ३९ पोइण्ट रहेको छ।

यसरी नै वूल्भरह्याम्पटन (वूल्भ्स)-ले अन्य एउटा म्याचमा लिभरपूललाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने वूल्भ्सले पहिलो गोल त उपहारमा पायो। लिभरपूलका डिफेण्डर जोएल माटिपले पाँचौं मिनटमा आत्मघाती गोल गरे। त्यसपछि क्रेग डावसनले १२औं र रुबेन नेवेसले ७१औं मिनटमा अझ दुई गोल गरी वूल्भ्सलाई ३-०-ले जीत दिलाए। प्रीमियर लीगको जारी सीजनमा दयनीय लयमा रहने लिभरपूल यस हारपछि २० वटा म्याचमा २९ पोइण्टको साथ दशौं स्थानमा रहन पुग्यो। यसरी नै वूल्भ्स २१ वटा म्याचमा २० पोइण्टको साथ १५औं स्थानमा रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा लिस्टर सिटीले एस्टन भिल्लालाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट जेम्स मेडिसनले १२औं, केलेची इहानाचोले ४१औं, टेटेले स्टपेज टाइममा अनि डेनिस प्राएटले ७९औं मिनटमा गोल गरे। यस जीतपछि लिस्टर सिटी २१ वटा म्याचमा २१ पोइण्टको साथ १४औं स्थानमा पुग्यो। यसरी नै ११औं स्थानमा रहने एस्टन भिल्लासँग २८ पोइण्ट रहेको छ। अन्य म्याचहरूमा नटिंघम फरेष्टले लीड्स युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। यसरी नै न्यूक्यासल र वेष्ट ह्यामबीचको म्याच १-१-ले ड्र रह्यो।









