सदभावना कप फूटबल टुर्नामेण्टः फारानाइस मिरिक च्याम्पियन

IMG-20230206-WA0004.jpg

फरवरीः युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा फारानाइस मिरिक च्याम्पियन भयो। सिंगबुली पब्लिक ग्राउण्डमा आइतवार भएको फाइनल म्याचमा फारानाइस मिरिकले सिलगढ़ी युनाइटेड एफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निशान्त राईले ह्याट्रिक गरे। यसरी नै सिलगढ़ी युनाइटेड एफसी-बाट अभिषेक र राज सुब्बाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। सीनियर टीमको फाइनल म्याच अघि जूनियर वर्गमा प्रदर्शनी म्याच पनि आयोजन गरिएको थियो।

संक्षिप्तमाः
च्याम्पियनः फारानाइस मिरिक
रनरअप्ः सिलगढ़ी युनाइटेड एफसी
प्लेयर अव् द म्याचः निशान्त राई (फारानाइस मिरिक)
प्लेयर अव् द टुर्नामेण्टः लाक्पा तामाङ (सिलगढ़ी युनाइटेड एफसी)

बेस्ट गोलकीपरः आमोस प्रधान (रविन्द्रनाथ हायर सेकेण्डरी स्कूल)
बेस्ट जर्सीः मिरिक युनाइटेड
बेस्ट म्यानेजरः परिचित राई (मिरिक भिक्ट्री)
हाईएस्ट स्कोररः प्रियांशु राणा (५ गोल,नागरी)
फेयर प्ले ट्रफीः मिक्स्ड अप् बोइज, खरसाङ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement