दोस्रो अम्बोटिया गोल्ड कप: चाँद एफसी च्याम्पियन

CollageMaker_202326124035367.jpg

६ फरवरीः पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा तीनधारेको चाँद एफसी च्याम्पियन भयो। पाँचघरे खेल मैदानमा आइतवार भएको फाइनलमा चाँद एफसी-ले खरसाङको गोर्खा बोइजलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः चाँद एफसी
रनरअप्ः गोर्खा बोइज
प्लेयर अव् द म्याचः आमिर लामा (चाँद एफसी)
प्लेयर अव् द टुर्नामेण्टः बीरेन प्रधान (गोर्खा बोइज)
विशेष पुरस्कार (पेनल्टी शूट आउटमा पहिलो गोलको निम्ति)- सिद्धान्त छेत्री (गोर्खा बोइज)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement