सिलगढी: तेल ट्याङ्कर र यात्रु बस पल्टिँदा धेरै यात्री घाइते भएका छन्। घटना सोमबार बिहान सिलगढीको माटिगारा थाना अन्तर्गत चमटा ब्रिज क्षेत्रमा भएको हो। सोही दिन सिलगढी जाँदै गरेको बस अर्को तर्फबाट आउँदै गरेको तेल ट्याङ्करसँग ठोक्किएपछि यात्रीवाहक बसले नियन्त्रण गुमाएर सडकको छेउमा पल्टेको थियो। घटनाको जानकारी पाएलगत्तै माटिगारा थानाको प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। यता, ट्याङ्कर पनि नियन्त्रण गुमाएर सडक किनारमा पल्टिँदा घटनाबारे माटिगरा प्रहरी चौकीले अनुसन्धान थालेको छ।









