काेलकत्तामा आयोजित म्याराथनमा निम्साङ लिम्बू बने प्रथम

IMG-20230205-WA0156.jpg

गान्तोक: पश्चिम बंगालको राजधानी काेलकत्तामा आयोजित काेलकत्ता फुल म्याराथन दौड प्रतियोगितामा निम्साङ लिम्बूले प्रथम स्थान ओगटन सफल बनेका छन्। एनइबी स्पोर्टसद्वारा आयोजित म्याराथनमा पश्चिम जिल्लाको दराप निवासी निम्साङ लिम्बू २८-३५ वर्ष समूहमा सहभागिता जनाएका थिए। उनले २ घण्टा ४७ मिनटमा ४२.१९५ किलोमिटरको दुरी तय गरेका हुन्। सोही प्रकारले बिक्रम थापाले ३५-४५ वर्गको समूहमा पहिलो स्थान ओगटन सफल बनेका हुन्। उनले ३ घण्टा ३१ मिनटमा ४२.१९५ किलोमिटरको दुरी तय गरेका थिए। उनीहरूलाई म्याराथन म्यान अमर सुब्बाले हालसम्म प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *