नागरी फार्म टी स्टेट फाइनलमा

CollageMaker_202325221828329.jpg

५ फरवरीः युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा नागरी फार्म टी स्टेटले फाइनलमा स्थान बनायो। नागरी फार्म खेल मैदानमा आइतवार भएको म्याचमा नागरी फार्म टी स्टेटले गोपालधारा एफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगछेनले २ अनि प्रशान्त (भाइचुङ) राईले १ गोल गरे। एक गोल आत्मघाती रह्यो। यसरी नै गोपालधारा एफसी-बाट रोशन र प्रवीणले १-१ गोल गरे। नागरी फार्म टी स्टेटका प्रशान्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १२ फरवरीको दिन खेलिने फाइनलमा आजको विजेता नागरी फार्म टी स्टेट र मानेभञ्ज्यांग एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *