गान्तोक: जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले आगामी ८ फरवरीको दिन सिक्किम बन्दको आह्वान गरेको छ। जेएसीका अध्यक्ष शान्ता प्रधानले ८ फरवरी डाकिएको बन्दलाई सफल बनाउन प्रत्येक घरबाट कम्तिमा एक प्रतिनिधि सहभागी भइदिने आह्वन गरेका छन्। उनले यो बन्द कुनै सरकार अथवा समुदायको विरोध नरहेको पनि स्पष्ट गरेका छन्। उनले आफुहरू हिंसाको विरोधमा रहेको बताउँदै बन्द अवधि हिंसाबाट टाड़ा बसिदिने आह्वान गरेका छन्। यस क्रममा सत्तारूढ़ एसकेएम पार्टीले एउटा प्रेस विज्ञप्ति जारी गरेर बन्दलाई पूर्ण रूपमा समर्थन जनाएको छ। सिक्किमे जनताको हक, हित, अधिकार, अस्तित्व अनि पहिचान सुरक्षित र अक्षुण्ण राख्न एसकेएम पार्टीले कुनै राजनीतिक अहम नराखी समस्त सिक्किमे जनतासँग काँधमा काँध मिलाएर काम गर्नेछ भनी विज्ञप्तिमा बताएको छ।