सिक्किम सरकारद्वारा नौ सदस्य कमिटी गठन

670px-Seal_of_Sikkim_greyscale.png

गान्तोक: सिक्किम सरकारले नौ सदस्यीय कमिटी राज्यमा इनर लाइन परमिट (आईएलपी) को प्रयोजनबारे बुझ्न गठन गरेको छ। सिक्किम सरकारका सेवानिवृत्त सचिव शान्ता प्रधानलाई कमिटीको चेयरमेन नियुक्त गरिएको छ। कमिटी गठनलाई लिएर सिक्किम सरकारका मुख्य सचिव बी बी पाठकले हिजो ४ फरवरी एउटा अधिसूचना जारी गरेका छन्। सेवानिवृत्त सचिव शान्ता प्रधान कमिटीका चेयरमेन र स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो सदस्य सचिव नियुक्त गरिएका छन्। यसरी नै मुख्यमन्त्रीका राजनीतिक सचिव टीएन ढकाल, शिक्षा विभागका सल्लाहकार एमपी सुब्बा, सेवानिवृत्त सचिव आईएएस सरला राई, सेवानिवृत्त आईएफएस वाईपी गुरूङ, सेवानिवृत्त सचिव आईईएस एसडी छिरिङ, गृह विभागकी सचिव टाशी छो छो र पासाङ ग्याली शेर्पालाई सदस्य नियुक्त गरिएको छ। कमिटीले अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड, मेघालय र मिजोरम भ्रमण गर्नेछ। कमिटीले सबै हितधारकहरूबाट उनीहरुको विचारहरु बुझ्नेछ।कमिटीले अधिसूचना जारी भएको एक महिनाभित्र आफ्नो रिपोर्ट बुझाउने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *