जोइन्ट एक्सन काउन्सिलद्वारा कुटपिटको घटनाको घोर भत्सर्ना

Untitled-2-copy

गान्तोकः जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले आज मल्लीमा आयोजित -याली अवधि भएको कुटपिटको घटनाको घोर भत्सर्ना जनाएको छ। जेएसीले पस घटनामा संलग्न व्यक्तिहरू विरूद्ध पुलिसले कडा कारबाही गर्नुपर्छ भन्ने माग पनि गरेको छ।

जेएसी नारी समन्वयक कला राईले जेएसीद्वारा आज मल्लीमा आयोजित -यालीमा सहभागी सदस्यहरूमाथि हमला भएको बताउँदै यस घटनाको भप्सर्ना गरिन्‌। उनले यस घटनामा संलग्न व्यक्तिहरू विरूद्ध पुलिसले कडा कारबाही गर्नुपर्छ भन्ने माग राखिन्‌। उनले माटोको निम्ति आवाज उठाउनेहरू विरूद्ध हातपात नगरियोस्‌ भन्दै यदि कसैले गर्छन्‌ भनी उनीहरू सिक्किम विरोधी हुन्‌ भनी बताइन्‌। उनले अब उप्रान्त जेएसीद्वारा आयोजित न्यामा सहभागी बन्ने मानिसहरूमाथि हातपात नहोस्‌ भन्दै चेताउनी पनि दिइन्‌। जेएसी महासचिव केशव सापकोटाले आगामी 8 फरवरीको दिन जेएसीले सिक्किम बन्दको आह्वान गरेको जानकारी गराए। उनले उक्त दिन पूर्ण रूपमा सिक्किम बन्द रहने र यस अवधि आपातकालिन सेवाहरूलाई मात्र छुट रहेको बताए। उनले त्यस दिन सबै सिक्किमेहरूलाई आ-आफ्नो घरमा बसेर बन्दलाई सफल बनाउन सहयोग गरिदिने आह्वान गरे।

मल्लीमा आज भएको घटनामाथि बोल्दै जेएसी सदस्य डीएन नेपालले आफु पनि त्यस -यालीमा सहभागी रहेको जानकारी गराउँदै उक्त घटनालाई लिएर मल्ली थानामा एफआईअर दर्ता गरिएको छ भनी बताए।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement