सिक्किम प्रीमियर लीगमा सिनाल्चु एफसी विरूद्ध रेड पाण्डा एक गोलले विजयी

IMG-20230205-WA0155.jpg

नाम्ची: राज्यमा पहिलोपटक आयोजन भइरहेको सिक्किम प्रीमियर लीगको नाम्ची डर्बी म्याच आज नाम्चीको भाइचुङ स्टेडियममा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिको रूपमा नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई उपस्थित थिए। योसँगै खेल विभाग लगायत सम्बन्धित निकायका अधिकारी अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नाम्ची डर्बी म्याच सिनाल्चु फूटबल क्लब अनि रेड पाण्डा फूटबल क्लबमाझ सम्पन्न भयो। खुबै रोमाञ्चक नाम्ची डर्बी म्याचमा रेड पाण्डा फूटबल क्लबले सिनाल्चु फूटबल क्लबलाई ०-को विरुद्ध १ गोल गरेर जीत हासिल गऱ्यो। टोलीको पक्षबाट जर्सी नम्बर २४ कुञ्जमान थापाले खेलको एक मात्र विजयी गोल गरे। सिनाल्चु फूटबल क्लबका जर्सी नम्बर ६६ अजय तामाङलाई इमर्जिङ प्लेयर अफ् द म्याच घोषित गरियो। राज्यको फूटबलको इतिहासमा पहिलोपटक सम्पन्न भइरहेको सिक्किम प्रीमियर लीग दुइवटा स्टेडियम पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ स्टेडियममा सम्पन्न हुँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *