५ फरवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा गाउँशाला एफसी-ले सेमिफाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा आइतवार भएको चौथो क्वार्टर फाइनलमा गाउँशाला एफसी-ले सूम युनाइटेड एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नेहाल सेवा र ज्ञाबो शेर्पाले १-१ गोल गरे। यसरी नै सूम युनाइटेड एफसी-बाट अनाम गुरुङले गोल गरे।

म्याच हारे पनि सूम युनाइटेडका प्रज्वल राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १९ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।