घैयाबारीमा महिला फूटबलः रोहिनी खरसाङ सिस्टर्स र सरोजनी संघ विधाननगर फाइनलमा

CollageMaker_20232521104484.jpg

५ फरवरीः घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा रोहिनी खरसाङ सिस्टर्स र सरोजनी संघ विधाननगरले फाइनलमा स्थान बनायो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको पहिलो सेमिफाइनल म्याचमा सरोजनी संघ विधाननगरले जेआर रोहिनीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट करिश्मा र सञ्जनाले गोल गरिन्। यसरी नै जेआर रोहिनीबाट निभा शर्माले गोल गरिन्। दोस्रो सेमिफाइनल म्याचमा रोहिनी खरसाङ सिस्टर्सले लंकापाड़ाको उर्भवी स्पोर्टिंग क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनिया माराकले २ र सुश्मिता लेप्चाले १ गोल गरिन्। अब १२ फरवरीमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा रोहिनी खरसाङ सिस्टर्स र सरोजनी संघ विधाननगरबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement